National life

नारायणगढ–बुटवल सडक खण्डको काम बिस्तार नभए ठेक्का तोड्छौ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
672Shares
नारायणगढ–बुटवल सडक खण्डको काम बिस्तार नभए ठेक्का तोड्छौ: प्रधानमन्त्री
ncell

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडक खण्डको विस्तारको काम आउँदो मङ्सिर भित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन्।

रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरूसहित आज भएको छलफलमा प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन्। उनले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुग्ने बताएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिर भित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताएको उनको सचिवालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले विश्वसनीय रुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो(मैलोमा बस्नुपरेको छ। आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गर्नुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’

पूर्वी नवलपरासीको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले निर्माण कार्यमा लापरबाही भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उनले निर्माणको जिम्मा पाएको कम्पनीलाई काम छिटो सक्न कडा निर्देशन दिनुपर्ने बताए । चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?