National life

निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित भएको छ: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
531Shares
निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित भएको छ: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा अधिक तरलता कायम रहँदा र ब्याजदर घट्दै जाँदा समेत कर्जा प्रवाह सहज रूपमा नभएको बताएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन, पुँजीगत खर्च र राजश्वलगायतका सूचकहरू घट्दो अवस्थामा रहेको समेत औँल्याएका छन् । बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौती रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।

उनले उद्योगीहरू नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा रहेकाले कर्जा प्रवाह हुन नसकेको बताए ।आज भएको नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थमन्त्री पौडेलले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार भएकाले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताए । निजी क्षेत्रले सरकारप्रति आशा,भरोसा र विश्वास गरे त्यहाँका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहलकदमी लिने बताए ।

चेम्बरले आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबिच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति ध्यानाकर्षण गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?