National life

नेपाल श्रीलङ्का बन्दैछ भन्ने भाष्य चिर्दै अर्थतन्त्र लयमा फर्किएको छ: प्रधानमन्त्री 'प्रचण्ड’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
421Shares
नेपाल श्रीलङ्का बन्दैछ भन्ने भाष्य चिर्दै अर्थतन्त्र लयमा फर्किएको छ: प्रधानमन्त्री 'प्रचण्ड’
ncell

काठमाडौँ ।  सङ्कटपूर्ण अवस्थामा रहेको नेपालको अर्थतन्त्रमा प्रशस्त सुधारका बाटोहरू खुलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

आज नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री  प्रचण्डले नेपाल श्रीलङ्का नै बन्दै छ, भन्ने भाष्य चिरेर अर्थतन्त्र लयमा ल्याएको बताएका छन् ।

“शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ”, प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ ।” प्रधानमन्त्री दाहालले भने

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीकामा देखिएका समस्या समाधानको पहल निरन्तर मात्रामा भइरहेको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताए।

सरकारले चालेको सुशासनका कार्यबारे प्रधानमन्त्री दाहालले भने, “नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाही, सुन काण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्य शक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मीको पर्दाफास भएको छ ।”

मिटरब्याज पीडितका पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राहदानी, सवारी चालक अनुमति पत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायका क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताए ।

उनले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यस पटक पनि समय अगावै पाठ्यपुस्तक पु¥याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, विपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार नौ सय निःशुल्क शय्या तथा गैर आवासीय नेपालीका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
421SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?