National life

पुँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता तिर्न अध्यक्ष ढकालको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
570Shares
पुँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता तिर्न अध्यक्ष ढकालको आग्रह
ncell

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बजार माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताएका छन् । उनले बजार माग बढाउन सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।मोरङ उद्योग व्यापार संघको ६७ औँ वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेका कानुनलाई समेत संशोधन गर्न अध्यक्ष ढकालको आग्रह छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ ढकालले सजग गराए । ढकालले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिएका छन्।

उनले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् । सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको स्मरण गर्दै ढकालले आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्नेमा निकासीमा दिइने अनुदान रोकिएको ढकालले बताएका छन्।

पुँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई अध्यक्ष ढकालले आग्रह गरे। लगानी सम्मेलन मुखैमा रहेको अवस्थामा सरकारले व्यवसायीको मनोबल बढाउनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । उनले मोरङ उद्योग व्यापार संघले चेम्बर आन्दोलन र देशको आर्थिक विकासमा पुर्‍याएको योगदानप्रति प्रशंसा गरेका छन्।

मोरङ उद्योग व्यापार संघले यस क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन, साना तथा मझौला उद्योगलाई टेवा पुर्‍याउन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न निर्णायक भूमिका खेलेको अध्यक्ष ढकालले उल्लेख गरे । उक्त अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले कर्जा ब्याजदर घटाउन सहयोग पुर्‍याएका ढकाल र महासंघलाई धन्यवाद दिए ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?