National life

पुँजीवादी र प्रतिक्रियावादीले जिते संविधान प्रतिगामी हुँदै जाने खतरा हुन्छ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
598Shares
पुँजीवादी र प्रतिक्रियावादीले जिते संविधान प्रतिगामी हुँदै जाने खतरा हुन्छ: प्रधानमन्त्री
ncell

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन्। मङ्गलवार काठमाडौँमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको बताएका छन्। ‘संविधानको पनि यहाँ धेरै कुराहरू भए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो बनेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ,’ उनले भने, ‘यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरु पनि छन् । उनले भने

अहिले आफूले नयाँ सत्ता समीकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको उनको जिकिर छ। उनले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमानदार भई र नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताए।

उनले भने, ‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि बिलकुल होइन । यो कुरा सबैले बुझ्ने नै कुरा छ । यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमानदार भएर नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताप्रति इमानदार भएर केही जोखिम, केही चुनौती देख्दा(देख्दै पनि चालिएको कदम हो ।’

समाजवादी धारा र प्रवृत्तिका पार्टीहरूले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जन सकिने बताए । उनले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताए ।

‘पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ । हाम्रो जिम्मेवारी छ की, यो संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी छ ।’  उनले भने ।

उनले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे ।उनले भने, ‘नेपाल मात्रै त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरू, देशभक्तहरू राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिन्छ ।’

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?