National life

पूर्वाधार क्षेत्रमा बजेट बढे पनि खर्च गर्ने आधार कमजोर देखिन्छ: विज्ञ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
662Shares
पूर्वाधार क्षेत्रमा बजेट बढे पनि खर्च गर्ने आधार कमजोर देखिन्छ: विज्ञ
ncell

काठमाडौं । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाए पनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन्।

‘बजेट पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका हुन् ।

उक्त छलफलमा नेपाल सरकार पूर्वसचिव किशोर थापाले गत वर्षको तुलनामा बजेटको आकार बढाए पनि निर्माण व्यवसायीले काम गरेको खर्च पाउँछन् की पाउँदैनन् भन्ने मुख्य विषय रहेको भनाई राखेका छन्। ‘बजेटको अंकभन्दा आयोजनाको संख्या बढाइएको छ,’ थापा भन्छन्,‘मन्त्रालयको खर्च गर्ने क्षमता नै कमजोर रहेकाले अहिले अवस्था दोहोरिने देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजेटको अंकभन्दा आयोजनाको संख्या बढाइएको छ,’उनले भने्,‘मन्त्रालयको खर्च गर्ने क्षमता नै कमजोर रहेकाले अहिलेकै अवस्था दोहोरिने देखिन्छ ।’नेपाल सरकारका पूर्वसचिव अर्जुनजंग थापाले आयोजना घोषणादेखी बजेट छुट्टाउने होस् वा कार्यन्वयन गर्ने बेलासम्मै राजनीतिक दबाब हुने गरेको बताए ।

सरकारको रकमान्तर गर्ने सम्बन्धी परिभाषा नै गलत भएको बताएका छन् । अहिले एउटै खण्डको पुलको बजेट सडकतर्फ सार्न समेत ३७ जनाले सही गरेपछि मात्रै रकमान्तर हुने अवस्था रहेको उनको भनाइ छ । सरकारले गौरबका आयोजना बढाउँदै लगेपनि मन्त्रालय बाहेक कसैले गौरब गर्न सक्ने अवस्था नरहेको बताए । हुलाकी राजमार्गमा नै १२ वर्षपछि रुख काट्ने अनुमति पाएको अवस्था रहेकाले गौरबका आयोजना नाम मात्रकै रहेको उल्लेख गरे ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरिबहादुर दर्लामीले ठुला आयोजनामा बजेट कम छुट्टाइएको बताएका छन् । ‘बजेटमा धेरै आयोजनाका शिर्षक राखेको छ तर प्रयाप्त मात्रामा बजेट छुटाएको देखिदैन,’ दर्लामीले भने । उनले सैद्धान्तिक रुपमा इन्जिनियरिङ पढेकालाई प्राविधिक क्षमता बढाउनेगरी अघि बढाउनु पर्ने बताए । पूर्वधारका आयोजनाको काम अघि बढाउन सरकारसंगै निजी क्षेत्रबाट समेत इन्जिनियरलाई थप तालिमको आवश्यकता रहेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अर्थमन्त्रीले निर्माण क्षेत्रका व्यवसायीको सुझाव बिना बजेट ल्याएको बताए । ५ खर्ब ८७ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको सरकारले निर्माण गति दिन प्रयाप्त बजेट छुट्टाएको छैन । सार्वजनिक खरिद नियमावली १३ औं पटक संसोधन भएपनि निर्माणधीन आयोजना नसकिने अवस्था रहेको उल्लेख गरे ।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बजेट कार्यन्वयन गर्न सरकारमात्रै नभई निर्माण व्यवसायीको क्षमता वृद्धि हुनेपर्नेमा जोड दिए । ‘केही वर्षअघि मन्त्रालयमा खर्बको बजेट छुट्टाउँदा कसरी खर्च हुन्छ भन्ने गरिन्थ्यो ।

nic asia capital

अहिले एउटै निर्माण व्यवसायीले ५–६ अर्बको बजेटले खर्च गर्न सक्ने क्षमता वृद्धि भएको छ,’ सिग्देलले भने,‘खर्च नहुनुको मुख्य कारण कमा र फुलिस्टम परिवर्तन गर्नपनि अर्थ मन्त्रालय गुहार्नुपर्ने अवस्थालाई परिवर्तन गर्नुपर्छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई जिम्मेवार बनाएरै काम गर्न दिनुपर्छ ।’

सचिव सिग्देलले भौतिक पूर्वाधार मन्त्रालयको दायित्व साढे २ खर्ब रुपैयाँ छ । यो वर्ष डेढ खर्ब रुपैयाँको रहेको छ । २ वर्षका सक्ने गरी आयोजनाको लागि व्यवस्थापन योग्य नै रहेको बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?