National life

प्रसाईँ लक्षित ओलीको व्यङ्ग्य: अमेरिकी बैंकको आधा सम्पत्ति मेरै हो भन्दिए भयो नि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
411Shares
प्रसाईँ लक्षित ओलीको व्यङ्ग्य: अमेरिकी बैंकको आधा सम्पत्ति मेरै हो भन्दिए भयो नि
ncell

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार गर्न नभएर समृद्ध नेपाल निर्माण गर्न बनेको जनाएका छन् ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौँमा आयोजित जागरण सभालाई सम्बोधन गदै अहिलेको सरकारलाई हल्लाउन अनेकौँ प्रयास भइरहेको भए पनि त्यसो हुन नदिने बताएका छन् ।

उनले एमालेलाई कसैले हल्लाउन नसक्ने भन्दै विरोधीहरूलाई भने, ‘तपाइहरू एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ?

भन्दिए त भो नि, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्विस बैंकमा, तपाइहरू हेर्न जान सक्नुहुन्न, भन्दिए भो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन् । भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन ।’

उनले अर्थतन्त्रलाई ध्वस्त बनाएर अराजकता मच्चाउने प्रयास भइरहेको बताए । साथै फरक प्रसङ्गमा बोल्दै प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनसम्म वर्तमान समीकरण कायम रहने बताएका छन्। ओलीले आफू ०८३ असारसम्म प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई जिम्मा लगाउने स्पष्ट पारेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
411SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?