National life

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा मेरो ध्यान गएको छ: प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
472Shares
बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा मेरो ध्यान गएको छ: प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्त्विक महत्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्।

शुक्रबार गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताएका छन् ।

Royal Enfield
nic asia capital

गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवं पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए।

गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्त्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?