National life

मलाई अध्यक्ष पद ठुलो त लाग्दैन तथापि नेतृत्व नै हस्तान्तरण गर्ने समय भएको छैन: अध्यक्ष प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
444Shares
मलाई अध्यक्ष पद ठुलो त लाग्दैन तथापि नेतृत्व नै हस्तान्तरण गर्ने समय भएको छैन: अध्यक्ष प्रचण्ड
ncell

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व हस्तान्तरण गर्ने बेला अझै नभएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पार्टीका बैठकमा नेतृत्व हस्तान्तरणको विषयमा छलफल भए पनि अहिले नै त्यो समय नभएको बताएका छन् ।

पार्टीमा नेतृत्व हस्तान्तरणको विषय छलफलमा आए पनि त्यसका लागि बेला भएको मलाई लाग्दैन । पार्टीका बैठकहरूमा यस विषयमा खुलेरै छलफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसै विषयलाई लिएर माओवादी पार्टी फुट्छ भनेर भ्रम पनि फैलाइयो । हाम्रो पार्टीले त्यसलाई सर्वसम्मतता खारेज गरेको छ। अध्यक्ष प्रचण्डले भने ।

पार्टीमा नेतृत्व हस्तान्तरणको विषयमा जहिले पनि छलफल भइराखेको छ । तर अहिलेको समयमा नेतृत्व हस्तान्तरण गर्न समय भएको छैन भन्ने मेरो भनाइछ । तथापि म ७० वर्ष कट्दै छु । अब त मलाई अध्यक्ष पद ठुलो लाग्दैन । नेपालको परिवर्तनको ठुलो नेता भनेर दुनियाँले स्वीकार गरेको छ । समय आएपछि म आफै पार्टीको नेतृत्वबाट फरक जिम्मेवारीमा जाने तयारीमा छु ।

अध्यक्ष प्रचण्डले मुलुकको राजनीति थप चुनौतीपूर्ण बन्दै गएको बताए। उनले भने ''मुलुकको राजनीति जटिल परिस्थितिमा छ । यस बेला हामीले पार्टी मजबुत बनाउने गरी अभियान चलाइरहेका छौँ । सरकार गठन गर्न ठूल ठूला पाटी मिल्ने दुनियाँमा हुँदैन । संसदीय परम्परा मान्नेहरूका लागि त यो अपवाद हो । यो सरकारले सय दिनभित्र थुप्रै गलत काम गर्ने सम्भावना भएकाले मैले कडारुपमा प्रतिवाद गर्नु परेको हो । बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस गरियो भने सदन र सडकमा हामी सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।''

यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?