काठमाडौँ। नेपाल धितो पत्र बोर्डका अध्यक्ष नरेन्द्र रानाले लगानीकर्ताको मनोबल उच्च बनाउन आफू प्रतिबद्ध भएर अगाडि बढेको बताए।
बोर्डको ३२औँ वार्षिकोत्सव समारोहमा आफ्नो भनाई राख्दै बोर्डका अध्यक्ष रानाले यस्तो भनाई राखेका छन् । उनले भने, ‘लगानीकर्ता हतोत्साहित हुनु पर्दैन । धितो पत्र बोर्ड सबैको लगानी सुरक्षित गर्नेका लागि बोर्ड प्रतिबद्ध छ ।
रानाले सीमित दिनका लागि बोर्डको अध्यक्ष नियुक्ति भएको भए पनि बजार चलायमान बनाउन आफूले भूमिका खेली रहेको बताए । ‘धेरै समयसम्म बोर्ड अध्यक्ष चयन अन्योलमा रहेको छ । मेरो चाहाना छ अब छिट्टै नयाँ अध्यक्ष आउनु पर्छ।
नयाँ अध्यक्ष आए उसले चार वर्षका लागि कार्य योजना बनाएर सशक्त रूपमा अघि बढ्न सक्छ । ५ महिनादेखि बोर्ड अध्यक्ष विहीन हुँदा कयौँ काम थाती रहेका छन् । अब ढिलो गर्नु हुन्न ।’ रानाले भने
पछिल्लो समय धितो पत्र बोर्डमा थप्प रहेका काम कारबाही अगाडि बढाउन लागि परेको रानाले बताए । ‘अध्यक्ष आउने बित्तिकै सबै कुरा हुन्छ भन्ने हुँदै छ । छलफलमा छौँ । पहिलो बैठक समेत बसेका छौ। अब केही थप्प भएका कामलाई अगाडी बढाउन तयार छौँ’ रानाले भने, ‘बजार चलमयान बनाउन हाम्रो तर्फबाट केही कमी हुने छैन । हामी यसका लागि परेका छौँ ।’
बोर्डको आफ्नै भवन निर्माणका लागि समन्वय भइरहेको उनको धारण छ । ‘बोर्डको भवन निर्माणका लागि हामी अघि बढेका छौ । बोर्डलाई भएका निर्देशन कार्यान्वयनमा हामी अगाडी बढाउँछौ । उनले भने ।





































