काठमाडौँ । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले चितवनमा पहिरोका कारण भएको बस दुर्घटनामा ६४ जना बेपत्ता भएको स्मरण गर्दै रात्रिकालीन यात्रु बस सञ्चालनमा तत्काल रोक लगाउन माग गरेकी छिन्।
शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवेदीले सडकको अवस्था,जोखिमको बारेमा भरपर्दो सूचना दिने व्यवस्था मिलाउन समेत आग्रह गरेकी छिन् । उनले विपद्को बेलामा सरकार परिवर्तन गर्न आवश्यक नरहेकोमा जोड दिएकी छिन्।
उनले भनिन्– ‘देश गम्भीर विपद्को अवस्थामा रहेको छ, तर हाम्रा विपक्षीहरू सत्ता परिवर्तनको खेलमा व्यस्त छन् ।
सबै मिलेर केही समय जनतामा पीडामा सहभागी हुनुपर्छ, हुनुपर्ने बेला हो यो । सरकार दश पन्ध्र दिन परिवर्तन नगर्दा नेपालमा आकाश खस्ने र धर्ती फाट्ने थिएन ।





































