National life

शैक्षिक सत्र सुरुः बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्री 'प्रचण्ड'को आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
565Shares
शैक्षिक सत्र सुरुः बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्री 'प्रचण्ड'को आग्रह
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै सबै विद्यालय जाने उमेरका बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गराउन र बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउनका आह्वान गरेका छन् ।

आज ९आइतबार० एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ २०८१ को नयाँ शैक्षिक सत्र आजबाट सुरु भएकाले विद्यार्थी भर्ना अभियानमा सरिक हुन सबैमा शुभकामना सहित अपिल गरेका हुन् ।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको र त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारले प्रयास गरिरहेको स्मरण गर्दै दाहालले उल्लेख गरेका छन् । ‘मौलिक हकको पूर्ण कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार हामीसामु छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शिक्षाको मौलिक हक कार्यान्वयनका निम्ति विकास साझेदारहरू, नागरिक समाज एवं निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै दाहालले भनेका छन्,सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने तथा शैक्षिक सत्रको बिचमा नै विद्यालय छाड्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बिचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ’ दाहालले भनेका छन् ।

विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आएको उल्लेख गरेका दाहालले विद्यालय शिक्षा सुधारका प्रयासहरूलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन थप सामूहिक प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?