काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज सुमेरू वचत तथा ऋण सहकारी संस्थाका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।
समितिका सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन् । यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले जानकारी दिएको बताएका छन् ।
सहकारीमा बचत रकम दुरुपयोगको घटनाको विस्तृत छानबिनका लागि गठन गरिएको ७ सदस्यीय संसदीय छानबिन विशेष समितिले सहकारी संस्थामा भएको अनियमितताको सत्य तथ्य पत्ता लगाउन सिंहसहित अन्य सम्बन्धित व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको छ ।
आज बयान दिनएका राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन् । उनले यसरि आफूले पहिलो पटक बयान दिएको बताएको सभापति थापाको भनाई छ ।





































