National life

सञ्चारमन्त्री सुब्बाप्रति सांसद खतिवडाको आक्रोश 'जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
431Shares
सञ्चारमन्त्री सुब्बाप्रति सांसद खतिवडाको आक्रोश 'जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्'
ncell

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आफ्नो जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले आइजिपीको जिब्रो थुत्नुपर्ने भन्ने सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताउँदै आफ्नो जिब्रोमा ब्रेक लाउन सुल्झाएका हुन्।

‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो । मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्‚’ खतिवडाले भने

सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ भन्ने सांसद दीपक मनाङेको अभिव्यक्तिमा पनि आपत्ति जनाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने‚‘गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ पैसामा बिक्री गर्न सुरुवात गरेको हो रु यसबारे सरकारले जानकारी लिनका लागि समेत म आग्रह गर्न चाहन्छु।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?