काठमाडौँ । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विपत व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै शेर्पाले यस्तो बताएका हुन् । ‘सरकारले अहिले जुन किसिमको विपत्त व्यवस्थापनमा काम गरिरहेको छ। यसले मात्रै पुग्दैन ।
यसलाई बढी भन्दा बढी अझ युद्ध स्तरमा काम गर्नको लागि सरकारसँग अनुरोध गर्न चाहन्छु’ उनले भने ।
‘कुन ठाउँमा कुन समस्या छ भनेर पूर्व तयारी गर्नुपर्छ। बाढी पहिलो जान सक्ने ठाउँ वा आगलागीको समस्याको विषय छ । हिमाल पग्लिने लगायतको विषय पनि छ’ सांसद शेर्पाले सरकारको ध्यानाकर्षण गरे ।
भूगोल ख्याल गरेर बस्ती बसाल्ने र विकासका नाममा पहाडमा डोजर चलाउने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा शेर्पाले जोड दिएका छन् ।





































