National life

सरकारले निजी क्षेत्रलाई त्रसित हैन उत्साहित बनाएर सहजीकरण गर्छ : अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ चैत २०८०, बुधबार
530Shares
सरकारले निजी क्षेत्रलाई त्रसित हैन उत्साहित बनाएर सहजीकरण गर्छ : अर्थमन्त्री पुन
ncell

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन'अनन्त'ले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई उत्साहित बनाएर सहजीकरण गर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको राजधानीमा जारी ५८औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा बुधवार आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजस्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गरेका हुन।

मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई बिना कारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको उनको भनाइ थियो। मन्त्री पुनले गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न सम्बन्धित निकायका अधिकारीलाई आग्रह गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लोकतान्त्रिक मुलुकमा कोही पनि कानुनमाथि नहुने स्पष्ट गर्दै कुनै पेसा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा समग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको मन्त्री पुनले उल्लेख गरे।

राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा जोड दिएका मन्त्री पुनले निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु नहुने बताए। आगामी दिनमा विवेक प्रयोग गरेर मात्र अनुसन्धान हुने र व्यक्तिका सामाजिक मर्यादाको सम्मान हुनेमा सरकारका तर्फबाट आफूले प्रतिबद्धता जनाउन सक्ने मन्त्री पुनको भनाइ थियो।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?