काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल एक सय दिन पुरा भएको अवसरमा आज सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन् । साथै प्रधानमन्त्रीले राष्ट्रियता सुशासन र विकासमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने समेत बताएका छन् ।
बुधबार सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीले ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने समेत स्पष्ट गरेका छन्।
‘हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्’, प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ।’
उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रूपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे।



































