National life

सीप, ज्ञान र पुँजी मातृभूमि नेपालका लागि खर्च गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
536Shares
सीप, ज्ञान र पुँजी मातृभूमि नेपालका लागि खर्च गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
ncell

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली भाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृ भूमि नेपालका लागि खर्च गर्न आग्रह गरेका छन्।

एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृ भूमि एउटै भएका कारण सबैलाई जोड्ने अभियान सकारात्मक रहेको भन्दै यस अभियानमार्फत विश्वका नेपाली भाषीलाई जोड्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री दाहालले भाषा र संस्कृतिका माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने एएनओको अभियान सकारात्मक रहेको उल्लेख गर्दै उक्त अभियानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका हुन ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली भाषीको गत चैत ६ मा थाइल्यान्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गठित समितिलाई प्रधानमन्त्री दाहालले शुभेच्छा प्रकट गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?