काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति बनेको बताएकी छिन्।
आज काठमाडौँमा नेपाल साहित्यिक पत्रकार संघको १८ औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।
उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको प्रस्टाएकी छिन्। शर्माले देशको मुख्य नीति नै राजनीति भएको भन्दै राजनीति नसुधारीकन अन्य क्षेत्रमा सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरेकी छिन् ।
उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन्। साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनुपर्नेमा उनले जोड दिइन्। अहिले समाज भ्रष्टीकरणमा गइरहेको उनको भनाइ छ।





































