National life

‘हेर्ने कथा’ बाट चर्चामा रहेका प्रकाशलाई चाँडै नागरिकता दिलाउछौः प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
533Shares
‘हेर्ने कथा’ बाट चर्चामा रहेका प्रकाशलाई चाँडै नागरिकता दिलाउछौः प्रधानमन्त्री ओली
ncell

काठमाडौँ ।पछिल्लो एक हप्तामा ‘हेर्ने कथा’ बाट चर्चामा रहेका प्रकाश तामाङलाई चाँडो नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेको बताएका छन् ।

प्रकाश तामाङलाई सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएका छन् । यसबारे तामाङलाई पनि जानकारी दिइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभ बिहानी ११ हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?