National life

१७० देश सम्मिलित आईसीसीको विशेष सभा सम्पन्न, अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ भदौ २०८१, बुधबार
477Shares
१७० देश सम्मिलित आईसीसीको विशेष सभा सम्पन्न, अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्वाचित
ncell

काठमाडौँ । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारण सभाबाट सम्पन्न भएको छ । उक्त सभाले राजेशकाजी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र १७० देशका करिब चार लाख ५० हजार सदस्य भएको यस संस्थाको नेपालको राष्ट्रिय समितिमा श्रेष्ठ अध्यक्ष भएका हुन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसीले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानुन निर्माता एवं विभिन्न व्यावसायिक सङ्घहरूसित मिलेर समन्वयात्मक ढङ्गमा कार्य गर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

्उनले आईसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्न, देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

आईसीसी नेपालको निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार छन् भने वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, बीमा क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा छन् ।

यसैगरी, महासचिवमा नरेश श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मीनबहादुर गुरुङ, अर्जुन शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लव पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?