काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीको समस्या बारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले कानुनसम्मत दर्ता भएका तर नवीकरण रण नभएका क्रसर उद्योगहरूको नवीकरण गर्न माग गरेका हुन् ।
सांसद चौधरीले आन्दोलनमा रहेका क्रसर व्यवसायीका समस्या समाधानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले भने, 'अरबौ राजश्व मा योगदान दिने तथा रोजगारी सृजना मा समेत योगदान दिएको व्यवसायी प्रति राज्य गम्भीर बनोस् ।'



































