National life

नेपाल–भारत सीमा जमुनाहाबाट स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
498Shares
नेपाल–भारत सीमा जमुनाहाबाट स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
ncell

जानकी । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट २० लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले स्रोत नखुलेको रु २० लाखसहित एक जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित २० वर्षीय सोहेल कुरेशी रहेका छन् । उनलाई जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन् ।

मोटरसाइकल चालक भारततर्फ भागेका थिए । रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?