National life

‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर सुनको सिक्री लुट्ने ५ जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
418Shares
‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर सुनको सिक्री लुट्ने ५ जना पक्राउ
ncell

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरेको छ । राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर श्रृङ्खलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा रामेछापका रविन दमाईं, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री, धनकुटाका राहुल माझी र भारतीय नागरिक श्रीकान्त माइती रहेका छन् ।

प्रहरीका अनुसार रविन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएका सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न व्यक्ति हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा मनोज केसीले जानकारी दिए ।

दमाईं र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्ध रुपमा बाइक प्रयोग गरेर महिलालाई टार्गेट गरेर लुट्ने कार्यमा संलग्न रहेको खुलेको छ ।

उनीहरुले न्यूरोडको जनसेवा मार्ग, चक्रपथको बंगलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ ।

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
418SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?