National life

संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
519Shares
संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु
ncell

काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् ।

कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखेका थिए ।

बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धान जारी रहेकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?