National life

सुन तस्करीमा नाम जोडिएपछि दीपक मलहोत्राले पत्रकार सम्मेलन गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
523Shares
सुन तस्करीमा नाम जोडिएपछि दीपक मलहोत्राले पत्रकार सम्मेलन गर्दै
ncell

काठमाडौं । सुन तस्करको नाममा आफ्नो नाम जोडिएसँगै व्यवसायी दिपक मलहोत्राले पत्रकार सम्मेलन गर्ने भएका छन् । व्यवसायी महोत्राले बिहीबार दिउँसो १ बजे होटल रोयल सिंनीमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

मंगलबार हंकङकबाट जहाज चढाएको ल्याइएको १०० किलोग्राम परिमाण बराबरको सुन त्रिभूवन भन्सार कार्यालय पास भएर बाहिरिँदैगर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको ब्रके–शु र दारी काट्ने रेजरमा लुकाएर ल्याइएको सुन व्यवसायी मलहोत्राले ल्याएको भन्ने चर्चा चलेसँगै व्यवसायी मलहोत्राले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि, सुन कसले ल्याएको हो अहिलेसम्म एकिन भइसकेको छैन ।

आफ्नो बदनाम गर्नेगरी सुन तस्करमा जोडेको भन्दै व्यवसायी मलहोत्राले पत्रकार सम्मेलनबाट प्रस्ट पार्ने जनाएका छन् । उस्तै परे कानुनी उपचारमा समेत जाने मलहोत्राले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?