National life
cg eloctronics

पीआर लिएर विदेशमा बसेका दुई कर्मचारीलाई कारबाही प्रक्रिया शुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०३ असार २०८३, बुधबार
994Shares
पीआर लिएर विदेशमा बसेका दुई कर्मचारीलाई कारबाही प्रक्रिया शुरु
ncell

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति (पिआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि पनि आफ्नो कार्यस्थलमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएको दुई कर्मचारीलाई स्पष्टीकरण सोधिएको जनाएको हो।

मन्त्रालयका अनुसार कम्प्युटर अपरेटर पदमा कार्यरत ती कर्मचारीहरूले स्वीकृत बिदाको अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नगरी विदेशमै बसोबास गरिरहेका छन्। उनीहरूले विदेशी मुलुकको अस्थायी तथा स्थायी आवासीय अनुमति प्राप्त गरेको समेत पाइएको मन्त्रालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रचलित कानुनअनुसार निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्। साथै, स्वीकृत बिदा समाप्त भएपछि ३० दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ।

मन्त्रालयले सम्बन्धित कर्मचारीहरू निजामती सेवा ऐन, २०४९ विपरीत लामो समयसम्म अनुपस्थित रहेको देखिएकाले स्पष्टीकरण माग गरिएको जनाएको छ। ऐनबमोजिम भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही हुन सक्ने अवस्था देखिएकाले १५ दिनभित्र प्रमाणसहित आफ्नो सफाइ पेश गर्न भनिएको छ।

तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्य तीव्र बनाइएको जनाएको छ।

यस विषयमा मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन, जवाफदेहिता र सेवा आचरणको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले निगरानी बढाएको बताएकी छन्। कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र प्राप्त तथ्यका आधारमा कानुनबमोजिम आवश्यक निर्णय गरिने उनले बताएकी छन्।

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?