National life

बैंक वित्तीय संस्थाबाट आवास कर्जामा उल्लेख्य वृद्धि, ११ महिनासम्म ५५ खर्ब बढी प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ साउन २०८२, आइतबार
751Shares
बैंक वित्तीय संस्थाबाट आवास कर्जामा उल्लेख्य वृद्धि, ११ महिनासम्म ५५ खर्ब बढी प्रवाह
ncell

काठमाडौँ । पछिल्ला समय व्यक्तिगत आवास निर्माणमा उल्लेख्य वृद्धि भएसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने आवास कर्जामा समेत तीव्र रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा व्यक्तिगत आवास कर्जा २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँले बढेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा उल्लेखनीय वृद्धि हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत घर निर्माणका लागि कुल ४ खर्ब १० अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी लगायतले लगानी गरेको यो रकम ३ खर्ब ८५ अर्ब ४१ करोड २० लाख रुपैयाँ मात्र थियो।

Royal Enfield
nic asia capital

गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले तीन खर्ब २६ अर्ब ७२ करोड ६० लाख रुपैयाँ व्यक्तिगत घर कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ अर्ब ६२ करोड ७० लाख रुपैयाँले बढी हो। विकास बैंकहरूले ६८ अर्ब ६७ करोड ५० लाख रुपैयाँ कर्जा दिएका छन्, जसमा ११ अर्ब ६ करोड ५० लाख रुपैयाँको वृद्धि भएको छ।

त्यस्तै, फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह १४ अर्ब ६४ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा एक अर्ब ९४ करोड रुपैयाँले बढी हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि आवास क्षेत्रमा कर्जा विस्तारमा सहजता दिएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय ब्याजदर घटेको, रेमिट्यान्स प्रवाह उच्च रहेको र आवासीय परियोजनाहरू तीव्र गतिमा विस्तार भएको कारण व्यक्तिगत आवास कर्जामा वृद्धि भएको हो। सुस्त अवस्थामा रहेको रियल इस्टेट पुनः सक्रिय बन्दै गएकोले पनि कर्जाको माग बढेको जानकारहरूको भनाई छ ।

समग्र बैंकिङ क्षेत्रबाट भएको कर्जा विस्तार पनि उल्लेखनीय छ। चालु आर्थिक वर्षको ११ महिनासम्म कुल कर्जा ५५ खर्ब ५४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ खर्ब २६ अर्ब २ करोड ३० लाख रुपैयाँले बढी हो। यसमा सबैभन्दा बढी योगदान वाणिज्य बैंकहरूको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको योगदान क्रमशः दोस्रो र तेस्रो स्थानमा छ।

यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?