National life

एनआईसी एशिया बैंकले गर्‍यो लिलाम बिक्री पोर्टल सार्वजनिक, यी हुन विशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
706Shares
एनआईसी एशिया बैंकले गर्‍यो लिलाम बिक्री पोर्टल सार्वजनिक, यी हुन विशेषता
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ्ग तथा गैर बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षण सम्पत्ति समेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाईन पोर्टल तयार गरेको छ ।

यस अनलाईन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिने बैंकले जनाएको छ। उक्त पोर्टलमा ग्राहकले सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

बैंकले सञ्चालनमा ल्याएको सो अनलाईन पोर्टलमा बैंकिङ्ग तथा गैर बैंकिङ्ग सम्पत्ति र बैंकमा धितो सुरक्षण रही लिलाम विक्रीमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचनाहरू नियमित रूपमा प्रकाशित गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?