National life

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
472Shares
थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरिसकेको छ । बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँट पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

Royal Enfield
nic asia capital

सो आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?