National life

भगवति हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
532Shares
भगवति हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल
ncell

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब यस क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ ।

सर्वसाधारणमा भदौ १८ गते आईपीओ बाँडफाँड गरेको कम्पनीले शेयर रजिष्ट्रार अन्तर्गतको सम्पुर्ण कार्य गर्नका लागि सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो ।धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आइईपीओ सूचिकृत भएको छैन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आइपीओ सर्वसाधारणमा प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा कम्पनीले आइपीओ विक्री गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?