National life

भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँड सम्पन्न,यसरी हेर्नुहोस् नतिजा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ मंसिर २०८०, मङ्गलबार
452Shares
भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँड सम्पन्न,यसरी हेर्नुहोस् नतिजा
ncell

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओमा आवेदन दिएकामध्ये २ लाख ७ हजार ५ सय २३ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ५ जनाले भने ११ कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीको आईपीओ आज बिहान बाँडफाँड भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिक्री निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ खरीदका लागि आवेदन दिएका ११ लाख ६१ हजार ५२९ जनामध्ये ४ हजार ६०२ वटा आवेदन रद्द भई ११ लाख ५६ हजार ९२७ सदर आवेदकमध्ये २ लाख ७ हजार ५२८ जनाले सेयर पाएका हुन् ।

यसरी सदर आवेदकमध्ये बाँकी ९ लाख ४९ हजार ३९८ जनाको हात भने खालि भएको छ । कम्पनीले गत कात्तिक १६ देखि कात्तिक२० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो।

स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन भएको थियो।

आईपीओको नतिजा यसरी हेर्नुहोस्

नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।

जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/share-allotment , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

साथै, मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?