National life

मैद्रिक नीति संशोधनको लागि यस्तो छ शेयर लगानीकर्ता राधा पोखरेलको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
1KShares
मैद्रिक नीति संशोधनको लागि यस्तो छ शेयर लगानीकर्ता राधा पोखरेलको सुझाव
ncell

काठमाडौं । पछिल्लो समय शेयर बजार कारोबारमा दैनिक रूपमा उतारचढाव आउन थालेको छ । तिहारको लामो बिदा पश्चात् कारोबार सुरु भएको शेयर बजारमा घटबढ हुने क्रम निरन्तर रूपमा चलिरहेको छ ।

साताको पहिलो कारोबारको दिन उच्च सुधार देखिएको सेयर बजारले पछिल्लो तीन कारोबारमा भने ओरालो यात्रा तय गरेको छ । तथापि सेयर बजारका लागि सहयोग पुग्ने गरी बैंकहरुले मङ्सिरका लागि ब्याजदर पनि घटाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लाभांशको सिजन पनि चलिरहेको छ । यद्यपि शेयर बजारमा आउने घट बढीको छलाङ भने कायम नै देखिन्छ ।

वर्तमान स्थितिमा शेयर बजारको अवस्था आस गरौँ भर नपरौको स्थितिमा रहेको नेपाल पुँजी बजार लगानीकर्ता सङ्घको अध्यक्ष राधा पोखरेलले आर्थिक भ्वाईसलाई बताएकी छिन् ।

अध्यक्ष पोखरेलले यसै साताको अन्तिम तिर हुन लागेको पहिलो मैद्रिक नीति संसोधनमा निरन्तर रूपमा बढिरहेको ब्याजदर घटाउनु पर्ने , बजारमा कायम भएको १५–२० को सीमा पूर्ण रुपमा हटाउनु पर्ने , शेयर कर्जामा देखिएका जोखिम भारलाई कम गर्नुपर्ने जस्ता मुख्य मागहरू राष्ट्र बैंकसँग राखेको बताएकी छन् ।

ठुला व्यवसायी घरानाका लगानीकर्तालाई बजारमा ल्याउनका निमित्त १५–२० को सीमा बाधक हुने भन्दै उनले यसको लागि १५–२० को सीमा पूर्ण रुपमा हटाउनु पर्ने बताएकी छिन् ।

बजार चलायमान बनाउनका लागि सरकारले कुनै पनि सीमा राख्न नहुने भन्दै नियमनको बहानामा सरकारले  नियन्त्रण गरेको पोखरेको आरोप छ । शेयर कर्जाको भार पुनः एक सय नै बनाउनुपर्ने उनको भनाई छ ।

पहिले ३२–३३ सयको अवस्थामा पुग्दा बजार जोखिम देखिए पनि हाल १६–१७ सयको अवस्था छिचोलेर सात–आठ सयको अवस्थामा रहेको स्मरण गराउँदै यसलाई जोखिम मान्न नसकिने उनको भनाई छ ।

मौद्रिक नीति सम्बोधनको अवस्थामा सम्बन्धित निकाय पुरापुर सकारात्मक नदेखिए पनि आंशिक रूपमा सहमत देखिएको पोखरेलको भनाई छ । बजार घटेसँगै लगानीकर्ता प्यानिक भएको अवस्थामा सेन्टिमेन्ट बलियो देखिने गरी पोलिसि बन्न आवश्यक रहेको पोखरेलले बताइन् ।

कार्यकालको अन्तिम चरणमा भएका गर्भनरले ६० ,६१ लाख लगानीकर्ताको गाली बर्सिने डरले आंशिक पहलकदमीको समधान गर्ने अपेक्षा देखिएको भए पनि पूर्ण रूपमा विश्वास गर्ने अवस्था नरहेको अध्यक्ष पोखरेको भनाई छ ।

आर्थिक भ्वाईससँगको कुराकानीमा पोखरेलले आगामी दिनमा शेयर मार्केट यही गतिमा चलायमान हुन नसक्ने बताएकी छिन्। खर्बौँको बजारमा अर्बौँको कारोबार हुनुपर्ने अवस्थामा अर्थतन्त्रको सूचक साँघुरिएको पोखरेलको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?