National life
cg eloctronics

माउण्ट एभरेष्ट पावरको आईपीओ खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०३ असार २०८३, बुधबार
3.7kShares
माउण्ट एभरेष्ट पावरको आईपीओ खुला
ncell

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो।

लगानीकर्ताले उक्त आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र एक लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

त्यस्तै, ३४ हजार ४०० कित्ता कर्मचारी तथा ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’मार्फत अनलाइन आवेदन दिने व्यवस्था पनि रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
3.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?