National life

घरजग्गासँगै अपार्टमेन्ट किनबेचमा उल्लेख्य वृद्धि, कुन मालपोतबाट कति युनिट ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ माघ २०८१, शनिबार
436Shares
घरजग्गासँगै अपार्टमेन्ट किनबेचमा उल्लेख्य वृद्धि, कुन मालपोतबाट कति युनिट ?
ncell

काठमाडौँ । पुस महिनामा घरजग्गाको कारोबारमा ३४.०१ प्रतिशत बराबरको बढोत्तरी आएको छ। पुस महिनामा मात्रै देशभरिका मालपोत कार्यालयबाट ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा उल्लेख छ ।

साथै, घरजग्गा सहित अपार्टमेन्ट किनबेचमा समेत वृद्धि भएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकको कर्जा प्रवाह र घरजग्गा कारोबार बढेसँगै अपार्टमेन्ट कारोबार बढेको हो । पुस महिनामा विभिन्न ठाउँमा ७१ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा उल्लेख छ। यो कारोबार संख्या चालु आर्थिक वर्षकै सबैभन्दा बढी हो।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच भएको थियो भने भदौमा २४, असोजमा २३, कार्तिकमा २९, मंसिरमा ६३ युनिट अपार्टमेन्ट किनबेच भएको थियो ।

पुसमा महिनामा कलंकी मालपोतबाट ५३ युनिट, डिल्लीबजार मालपोतबाट पाँच युनिट, चाबहिल मालपोतबाट चार युनिट र लगनखेल मालपोतबाट पाँच युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांकमा उल्लेख छ ।

उपत्यकाबाहिर पर्सा (बिरगञ्ज) मा तीन युनिट अपार्टमेन्ट किनबेच भएका छन् भने कास्कीमा एक युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांकमा उल्लेख छ । समग्र घरजग्गा कारोबार बढ्दा अपार्टमेन्ट किनबेच पनि बढ्ने व्यवसायीहरूको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?