National life
cg eloctronics

बोशद्वारा ‘पावर पार्टनर्स समिट नेपाल २०२६’ आयोजना, नवीन प्रविधि र उद्योग साझेदारीमा जोड

बोशका च्यानल साझेदारहरूको योगदानको सम्मान स्वरूप विशेष पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१७ असार २०८३, बुधबार
945Shares
बोशद्वारा ‘पावर पार्टनर्स समिट नेपाल २०२६’ आयोजना, नवीन प्रविधि र उद्योग साझेदारीमा जोड
ncell

काठमाडौँ । बोश नेपालद्वारा नेपालका लागि आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रा. लि. सँगको सहकार्यमा असार १३, २०८३, काठमाडौँमा ‘बोश पावर पार्टनर्स समिट नेपाल २०२६’ सफलतापूर्वक सम्पन्न गरिएको छ। वार्षिक रूपमा आयोजना हुने यस कार्यक्रममा करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउनु, बजारसम्बन्धी जानकारी आदानप्रदान गर्नु तथा बोश पावर टुल्सका नवीनतम प्रविधि र उत्पादनहरू प्रस्तुत गर्नु थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा बोशका नयाँ उत्पादनहरू, विशेषगरी आई–सिरिज (i-Series), नेक्स्ट जेनेरेसनका ह्यान्ड टुल्स तथा निर्माण, काठ उद्योग र औद्योगिक क्षेत्रमा प्रयोग हुने अत्याधुनिक कोर्डलेस (Cordless) समाधानहरू प्रदर्शन गरिएको थियो। साथै, उत्पादन प्रदर्शन, व्यावसायिक छलफल तथा नेटवर्किङ सेसनमार्फत सहभागीहरूलाई बोशका नवीन प्रविधि र बजारका पछिल्ला प्रवृत्तिबारे जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बोश पावर टुल्स इन्डियाका रिजनल प्रेसिडेन्ट, सन्मय दासगुप्ताले नेपाल दक्षिण एसियामा बोश पावर टुल्सका लागि महत्वपूर्ण सम्भावना बोकेको बजार भएको उल्लेख गर्दै भने, “हामी आफ्ना डिलर साझेदारहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै, कोर्डलेस तथा व्यावसायिक उत्पादनहरूको दायरा विस्तार गर्दै र उत्कृष्ट बिक्रीपछिको सेवा तथा डिजिटल पहुँचमार्फत ग्राहकलाई थप मूल्य प्रदान गर्न प्रतिबद्ध छौं। साथै, नेपालका हाम्रा डिलर तथा साझेदारहरूले देखाउनुभएको निरन्तर विश्वास, प्रतिबद्धता र सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।”

त्यसैगरी, बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले नेपाल, बोश पावर टुल्सका लागि महत्त्वपूर्ण विकासोन्मुख बजार भएको उल्लेख गर्दै भने, “नवीन उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र डिलर सञ्जालसँगको घनिष्ठ सहकार्यमार्फत हामी नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउन प्रतिबद्ध छौँ। यस सहकार्यले ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्नुका साथै विश्वस्तरीय पावर टुल्स समाधानको प्रयोगलाई थप विस्तार गर्ने विश्वास लिएका छौँ।”

इन्फ्राटेक प्रा. लि.का प्रबन्ध निर्देशक आकाश गोल्छाले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै भने, “हाम्रो सफलताको आधार सुदृढ साझेदारी, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहक सन्तुष्टि हो। बोश र हाम्रो डिलर सञ्जालसँगको सहकार्यमा देशभरका व्यावसायिक प्रयोगकर्तालाई उत्कृष्ट समाधान उपलब्ध गराउन पाउँदा हामी गर्व महसुस गर्छौँ ”

कार्यक्रममा बोश पावर टुल्स, इन्डिया क्षेत्रकी मार्केटिङ प्रमुख ऋतु झाले बोशका नवीनतम उत्पादन तथा प्रविधिबारे विस्तृत प्रस्तुति दिएको थिए।

यस अवसरमा बोशका च्यानल साझेदारहरूको योगदानको सम्मान स्वरूप विशेष पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो। उत्कृष्ट व्यावसायिक प्रदर्शन, ब्रान्डप्रतिको प्रतिबद्धता तथा नेपालमा बोश पावर टुल्सको व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउने उत्कृष्ट १० ग्राहक तथा डिलरलाई सम्मान गरिएको थियो।

कार्यक्रमको समापनसँगै बोश नेपाल र इन्फ्राटेक प्रा. लि. ले आफ्ना साझेदारहरूलाई नवीन उत्पादन तथा उत्कृष्ट सेवा उपलब्ध गराउँदै सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। यस्ता कार्यक्रममार्फत बोशले नेपालभर व्यावसायिक साझेदारी विस्तार गर्दै दिगो व्यावसायिक विकासलाई थप गति दिने लक्ष्य लिएको छ।

बोश समूहबारे

बोश समूह विश्वका अग्रणी प्रविधि तथा सेवा प्रदायक कम्पनीमध्ये एक हो। सन् २०२५ डिसेम्बर ३१ सम्म कम्पनीमा विश्वभर करिब ४ लाख १३ हजार कर्मचारी कार्यरत छन्। सन् २०२५ मा कम्पनीले ९१ अर्ब युरो बराबरको कारोबार गरेको थियो। कम्पनीको व्यवसाय मोबिलिटी, औद्योगिक प्रविधि, उपभोक्ता सामग्री तथा ऊर्जा र भवन प्रविधि गरी चार प्रमुख क्षेत्रमा केन्द्रित छ। स्वचालन (Automation), डिजिटलाइजेशन (Digitalization), विद्युतीकरण (Electrification) तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) जस्ता विश्वव्यापी प्रवृत्तिलाई प्रविधिमार्फत अघि बढाउने लक्ष्य बोशले लिएको छ। हार्डवेयर, सफ्टवेयर र सेवामा रहेको आफ्नो विशेषज्ञताको संयोजन गर्दै बोशले ग्राहकलाई एकीकृत समाधान उपलब्ध गराउँदै आएको छ। साथै, कनेक्टिभिटी र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत कम्पनीले स्मार्ट, प्रयोगमैत्री तथा दिगो उत्पादनको विकास र उत्पादन गर्दै आएको छ। "Invented for Life" भन्ने आफ्नो मूल नाराअनुसार बोशले मानव जीवनको गुणस्तर अभिवृद्धि गर्नुका साथै प्राकृतिक स्रोतको संरक्षणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

रोबर्ट बोश GmbH सहित ६० भन्दा बढी देशमा रहेका करिब ५०० सहायक तथा क्षेत्रीय कम्पनीहरू बोश समूहअन्तर्गत रहेका छन्। बिक्री तथा सेवा साझेदारसहित कम्पनीको उत्पादन, इन्जिनियरिङ र बिक्री सञ्जाल विश्वका अधिकांश देशमा फैलिएको छ। अनुसन्धान तथा विकास क्षेत्रमा मात्रै करिब ८२ हजार कर्मचारी कार्यरत छन्। सन् १८८६ मा रोबर्ट बोश (१८६१–१९४२) ले जर्मनीको स्टुटगार्टमा "वर्कसप फर प्रिसिजन मेकानिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ" स्थापना गर्दै कम्पनीको सुरुआत गरेका थिए। रोबर्ट बोश GmbH को विशेष स्वामित्व संरचनाले कम्पनीलाई दीर्घकालीन रणनीति अपनाउन र भविष्य सुनिश्चित गर्न आवश्यक लगानी गर्न स्वतन्त्रता प्रदान गरेको छ। कम्पनीको ९४ प्रतिशत सेयर पूँजी परोपकारी संस्था रोबर्ट बोश स्टिफ्टुङ GmbH को स्वामित्वमा रहेको छ भने बाँकी सेयर रोबर्ट बोश GmbH र बोश परिवारसम्बद्ध कम्पनीको स्वामित्वमा छन्। मतदान अधिकारको अधिकांश हिस्सा रोबर्ट बोश इन्डुस्ट्रिट्रोयहान्ड KG सँग रहेको छ, जसले संस्थापकको इच्छाअनुसार कम्पनीको दीर्घकालीन अस्तित्व तथा वित्तीय स्वतन्त्रताको संरक्षण गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ।

थप जानकारीका लागि www.bosch-press.com तथा www.bosch.com मा हेर्न सकिन्छ।

इन्फ्राटेक प्रा. लि.बारे

इन्फ्राटेक प्रा. लि. नेपालमा औद्योगिक, निर्माण तथा पूर्वाधारसम्बन्धी उपकरणहरूको अग्रणी आपूर्तिकर्ता हो। कम्पनीले निर्माण, उत्पादन, खानी तथा इन्जिनियरिङ क्षेत्रका ग्राहकलाई गुणस्तरीय उपकरण र भरपर्दो प्राविधिक सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले निर्माण उपकरण, औद्योगिक मेसिनरी, मटेरियल ह्यान्डलिङ समाधान, विद्युत उत्पादन प्रणाली तथा व्यावसायिक पावर टुल्ससहितका विविध उत्पादन उपलब्ध गराउँदै आएको छ। सन् २०१७ देखि इन्फ्राटेक नेपालका लागि बोश पावर टुल्स को एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ। कम्पनीले देशभर रहेका १०० भन्दा बढी आधिकारिक डिलर मार्फत वास्तविक बोश उत्पादन, आधिकारिक बिक्रीपछिको सेवा, वारेन्टी सुविधा तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै इन्फ्राटेकले विश्वस्तरीय समाधान र व्यावसायिक सेवामार्फत नेपालको पूर्वाधार विकासमा निरन्तर योगदान पुर्‍याइरहेको छ। साथै, बोशका अत्याधुनिक प्रविधिलाई देशभर विस्तार गर्न कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

प्रबन्ध निर्देशक श्री सन्दीप कुमार शारदा तथा निर्देशक श्री आकाश गोल्छाको नेतृत्वमा इन्फ्राटेकले विश्वप्रसिद्ध प्रविधि ब्रान्डहरूको विश्वासिलो साझेदारका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा नेपालको औद्योगिक र पूर्वाधार क्षेत्रमा दिगो विकासलाई निरन्तर अघि बढाइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
945SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?