National life
cg eloctronics

९०% काम एआईबाट गराउने लक्ष्य, मेटाले घटाउँदै मानव कर्मचारी

एआईमा निर्भर मेटा, तर सुरक्षा जोखिमले बढायो चिन्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१५ असार २०८३, सोमबार
1.6kShares
९०% काम एआईबाट गराउने लक्ष्य, मेटाले घटाउँदै मानव कर्मचारी
ncell

काठमाडौं । मेटा प्लेटफर्मले आफ्ना विभिन्न सेवामा मानव श्रमको सट्टा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगलाई तीव्र बनाउने रणनीति अघि बढाएको छ। कम्पनीले यो वर्षभित्रै फेसबुक र इन्स्टाग्राममा प्रकाशित हुने अधिकांश सामग्री तथा विज्ञापनको अनुगमन एआई प्रणालीमार्फत गर्ने तयारी गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेटाले क्रमशः मानव मोडरेटरलाई घटाउँदै एआईमा निर्भरता बढाइरहेको छ। हाल कम्पनीका झण्डै आधा काम एआईमार्फत भइरहेका छन् भने सन् २०२६ सम्म यो अनुपात करिब ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। यसले सामाजिक सञ्जालमा हुने सामग्री सम्बन्धी निर्णयहरूमा एआईको भूमिका अत्यधिक बढ्ने संकेत गर्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैबीच इन्स्टाग्राममा देखिएको एउटा कमजोरीले एआई प्रणालीको जोखिम उजागर गरेको छ। सो कमजोरी प्रयोग गर्दै केही व्यक्तिहरूले हजारौँ अकाउन्टमा अनधिकृत पहुँच बनाएका थिए। एआई सपोर्ट प्रणालीलाई सामान्य निर्देशन दिएर नै उनीहरूले भेरिफिकेसन कोड अन्य इमेलमा पठाउन सफल भएका थिए।

कम्पनीले उक्त समस्या समाधान गरिसकेको जनाएको भए पनि एआई प्रणालीलाई सजिलै भ्रमित गर्न सकिने जोखिमबारे चिन्ता बढेको छ। विशेषज्ञहरूका अनुसार एआईसँग फरक–फरक शैलीमा प्रश्न गर्दा सुरक्षा प्रणाली छल्न सकिने सम्भावना रहन्छ।

यद्यपि, मेटा एआई प्रविधिमा ठूलो लगानी गरिरहेको छ र भविष्यमा यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना बनाइरहेको छ। कम्पनीले आफ्नै प्लेटफर्ममा एआईको प्रभावकारी प्रयोग देखाएर अन्य संस्थालाई पनि यस्तो प्रविधि उपलब्ध गराउने लक्ष्य राखेको छ।

तर मानव श्रम घटाउँदै एआईलाई प्राथमिकता दिने यो रणनीतिले सुरक्षासम्बन्धी नयाँ चुनौतीहरू पनि निम्त्याउने देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?