National life

पब्जी मोबाइल नेपालद्वारा बाढी प्रभावित परिवारलाई राहत सहयोग

नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायका लागि अत्यावश्यक राहत सामग्री हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
११ दिन अगाडि|२३ भदौ २०८३, मङ्गलबार
920Shares
पब्जी मोबाइल नेपालद्वारा बाढी प्रभावित परिवारलाई राहत सहयोग
ncell

काठमाडौं । पब्जी मोबाइल नेपाल (PUBG MOBILE Nepal) ले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ ।

राहत सहयोगअन्तर्गत खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत प्रभावित परिवारका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको छ ।

उक्त राहत सामग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाले आवश्यक समन्वय गरी सामग्रीलाई नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायमा आवश्यकताका आधारमा क्रमशः वितरण गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हालैको बाढीका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । बाढीबाट कतिपय परिवार प्रभावित भएका छन् भने घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । सडक तथा यातायात सेवा प्रभावित हुँदा केही क्षेत्रमा खाद्यान्न, सुरक्षित बसोबास, सरसफाइका सामग्री, बिजुलीलगायत आधारभूत आवश्यकताका सामग्रीको आवश्यकता बढेको छ ।

प्रभावित समुदायले सामना गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै तत्काल आवश्यक सामग्री उपलब्ध गराई जारी राहत प्रयासमा सहयोग पु¥याउने उद्देश्यले पब्जी मोबाइल नेपालले यो पहल गरेको हो ।

यो सहयोग स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक, सामुदायिक समूह, विभिन्न संघसंस्था तथा व्यक्तिहरूले प्रभावित समुदायसम्म आवश्यक सहायता पु¥याउन गरिरहेका समन्वित राहत प्रयासमा योगदान पु¥याउने उद्देश्यले गरिएको हो ।

राहत सामग्री उपलब्ध गराउनुका साथै पब्जी मोबाइल नेपालसँग सहकार्यमा रहेका स्ट्रिमरहरूले सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक QR कोडमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सम्बन्धी जानकारी आफ्ना समुदायमा साझा गरिरहेका छन् । उनीहरूले इच्छुक व्यक्तिहरूलाई आधिकारिक माध्यममार्फत जारी राहत प्रयासमा सहयोग गर्न सकिनेबारे जानकारीसमेत दिइरहेका छन् ।

पब्जी मोबाइल नेपालले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत तथा सहयोगका कार्यमा खटिरहेका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक, सामुदायिक समूह तथा विभिन्न संघसंस्थाको प्रयासप्रति सम्मान व्यक्त गरेको छ ।

विपद्को प्रभावबाट प्रभावित समुदायका लागि राहत तथा पुनःस्थापनाका प्रयास जारी रहेको अवस्थामा पब्जी मोबाइल नेपालले प्रभावित परिवार तथा समुदायप्रति साथ र ऐक्यबद्धता व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
920SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?