National life

कसरी शुरु भयो तिहार, यस कारण गाउन थालियो देउसी भैलो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ कात्तिक २०८०, आइतबार
513Shares
कसरी शुरु भयो तिहार, यस कारण गाउन थालियो देउसी भैलो
ncell

झिलिमिली बत्तीको चाड तिहार, दाजुभाइ र दिदी बहिनीको तिहार, देउसी भैलोको तिहार, रोटीका परिकारै परिकारको तिहार ।

तिहार भनेपछि यमुना र यमराजको सम्बन्धको कथा पनि जोडिएर आउँछ । परापूर्व कालमा यमपञ्चकमा बहिनी यमुनाले दाइ यमराजलाई टीका लगाइदिएर यस परम्पराको थालनी भएको हो । सांस्कृतिक सद्भावका साथ तिहार मानिँदै आएको छ तर यो यतिमा मात्र सीमित छैन ।

तिहार अर्थात् दीपावलीको मानवीयताका दृष्टिले फरक महत्व छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तिहार अरुले पनि मनाउँछन् । भारतीयले दीपावली ९दिवाली० गर्छन् । नेपालमा चाहिँ काग, कुकुर, गाई र गोरुलाई पनि पूजा गरिने भएकाले यहाँको मौलिक विशेषता छ । नेपालीहरू तिहार अघिपछि पशुपक्षीलाई त्यसरी पूजा गर्दैनन् तर तिहारको बेलामा गर्छन् ।

पौराणिक कथामा यमपञ्चकका पाँच दिन यमराज बहिनी यमुनाको घरमा बास गर्छन् । सो अवधिमा इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाडेका थिए । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, आरोग्य एवं दीर्घायुको कामनाजस्ता पवित्रतासँग तिहारको परम्परा जोडिएको छ ।

धार्मिक मान्यताअनुसार पृथ्वीका मानिसलाई मृत्यु लोकमा लानका लागि लिन आउँदा मृत्युका राजा मानिने यमलोकका यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा त्यस समय ९यमपञ्चक० का समयमा पृथ्वी लोक गएका थिए । भाइटिकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । यसबाट नै यो परम्परा थालनी भएको मानिन्छ । यो कात्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ ।

तिहारमा दिदीबहिनी र दाजुभाइको भेटघाट सद्भाव मात्र होइन पशुपक्षीको पनि पूजा गरिनाले दशैँभन्दा यसको फरक महत्व छ । दोस्रो ठूलो चाड पनि त्यही भएर मानिएको होला । यही समयमा समुद्र मन्थनका प्राप्त भएका धन्वन्तरि ९आयुर्वेदका प्रणेता०को पूजा पनि हुन्छ । गोवद्र्धनपूजाका दिन नेवारहरूको म्हः पूजा हुन्छ । म्ह पूजामा आत्माको पूजा गरिन्छ । आफ्नो शरीरको आफैँले तान्त्रिक विधिबाट पूजा गरेर शरीरभित्रको चेतन तत्त्वलाई पूरा गर्ने परम्परा छ । मण्डल बनाएर बत्तीलाई आत्मा र प्रतीकका रूपमा पूजा गरिने यो मौलिक परम्परा हो । नेपाल संवत्को नयाँ वर्ष पनि यही समयमा आउँछ ।

मत्र्यलोकमा भाइटिकाका दिन कुनै बहिनीले आफ्ना दाजुलाई यमराजले लिन आएका बेलामा तेल नसुकुञ्जेल र मखमली माला नओइलाउञ्जेल नलैजाऊ भनेको र यमराजले सो कुरा मानेकाले दाजु चाहिँले मृत्युलाई जितेको कथा पनि पाइन्छ । त्यसरी रोक्न सक्ने सामर्थ्य त्यही तेल बनेको थियो । यमुना भनेको नदी हो । तिहारको मुख्य आकर्षण यही हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने, तेल हाल्ने, मेवामिष्ठान्न भोजन दिने गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई दान दक्षिणा र नयाँ वस्त्र आदि दिन्छन् ।

कथा यसरी शुरु भए पनि अहिलेसम्म यो परम्पराले चाडबाडको रुप लिएको छ । चित्र गुप्तले ‘समय सकियो लैजाऊ’ भने पनि यमुनाले यमराजको सुस्वास्थ्य र दीर्घायुको कामनाका लागि भाइटिका मनाइन् । यमुना र यमराजको मैत्री भाव थियो त्यो । मखमली फूल नओलाउञ्जेल उनीहरूले तिहार मनाएका थिए । यसमा दिदीबहिनीले मखमली फूलजस्तै ओइलाउन नसक्ने कामना समेत जोडिएको छ । यमराजले कुनै परिस्थिति आएमा पनि कसैले यमुनालाई आक्रमण गरेर लिएर जान नसक्ने अवस्थाका लागि देउसी भैलो गीत गाउन थालिएको हो ।

तिहारमा देउसी भैलोको परम्परा ऋतु परम्परामा आधारित छ । यो लोकगीतमा आधारित छ, जस्तो असारमा असारे गीत गाएर धान रोपिन्छ । कात्तिक मङ्सिर अर्थात् देउसी भैलोको आसपासमा धान भित्र्याइन्छ । गाउँदै धान भित्र्याउँदै गरिन्छ । दशैँमा मालश्री धून बजाइन्छ भने तिहारमा देउसी र भैलो ।

दिदीबहिनीले दूबोले तेल हाल्छन् । यो पवित्र र नओलाउने हुन्छ । मखमली फूल पनि ओइलाउँदैन । ओखर कडा हुन्छ, फुटाउन गाह्रो हुन्छ ।

विसं २००७ सम्म, राणाहरूको समयसम्म आफ्नै परिवारमा मात्र दशैँ तिहारमा टीका टालो लगाउने र मनाउने गरिन्थ्यो । प्रजातन्त्र आएपछि देश विदेशमा रहेका सबैलाई शुभकामना दिने र सबै नेपालीले जहाँ रहेर पनि यो चाडपर्व मनाउने परम्पराको थालनी भयो । समय, शैली र तरिका बदलिँदै गएतापनी चाडपर्वको रौनकता भने उत्तिकै छ ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?