National life

अमेरिकाद्वारा क्रिकेटर लामिछानेलाई पुनः भिसा दिन अस्वीकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
650Shares
अमेरिकाद्वारा क्रिकेटर लामिछानेलाई पुनः भिसा दिन अस्वीकार
ncell

काठमाडौँ। जेष्ठ ९ गतेका दिन अमेरिकाले भिसा दिन अस्वीकार गरेको अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक आज भिसा दिन अस्वीकार गरेको छ ।

(आज) बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले टी-२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सन्दीपलाई भिसा नदिएको भन्दै उनका समर्थकले बुधवार काठमाडौँको माइतीघरमा प्रदर्शन पनि गरेका थिए । टी(२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

२ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले  सन्दीपको निलम्बन फुकुवा गर्दै । उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?