काठमाडौँ । साताको चौथो कारोबारका दिन आज सुनको मूल्यमा गिरावट आएको छ । आज तोलामा १३ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर २२ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको २२ सय ७५ रुपैयाँ रहेको थियो ।































