काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार (साउन ४ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
यस्तै युरो एकको खरिद दर १६० रुपैयाँ १३ पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा कायम भएको छ । पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८५ रुपैयाँ ५ पैसा र बिक्री दर १८५ रुपैयाँ ८५ पैसा रहँदा स्वीस फ्रयाङ्क एकको खरिद दर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ २३ पैसा र बिक्री दर १०० रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०७ रुपैयाँ १८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
थाइ भाट एकको खरिद दर ४ रुपैयाँ २५ पैसा र बिक्री दर ४ रुपैयाँ २७ पैसा कायम भएको छ । युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा तोकिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा, दक्षिण कोरियाको १०० वनको खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ २३ पैसा र बिक्री दर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
कुवेती दिनार एकको खरिद दर ४५० रुपैयाँ १५ पैसा र बिक्री दर ४५२ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसा तथा ओमनी रियाल एकको खरिद दर ३५७ रुपैयाँ २४ पैसा र बिक्री दर ३५८ रुपैयाँ ८० पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।































