काठमाडौं । सरकारले आज आइतबार (चैत २४ गते) सार्वजनिक विदा दिएको छ। चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिइएको छ ।
राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख गरिएको छ।
यसकारण आज सरकारी कार्यालय, विद्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार चैत २५ गते सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।

































