National life

आज वैशाख कृष्ण पक्ष औँसी : आमाप्रति श्रद्धा व्यक्त गरेर मनाइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
693Shares
आज वैशाख कृष्ण पक्ष औँसी : आमाप्रति श्रद्धा व्यक्त गरेर मनाइँदै
ncell

काठमाडौँ। आज देशभर आमाको मुख हेर्ने पर्व मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूका लागि आजको दिन विशेष रहेको छ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी यो विभिन्न खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइन्छ।

घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाढा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरूलाई आमाको महत्त्व धेरै हुन्छ ।

Royal Enfield
nic asia capital
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए। यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्ड दान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्ड दान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको बताइन्छ ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?