काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २,५८७.२५ विन्दुमा झरेको छ।
आज कुल १ करोड १९ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये ६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको मूल्य घटेको छ। यस्तै, ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज एनएमबी डिबेन्चरको सेयर मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ। एसबीएल डिबेन्चर ८.८० प्रतिशत, माण्डु हाइड्रोपावर ५.४५ प्रतिशत, लक्ष्मी उन्नति कोष ४.६२ प्रतिशत र एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य ३.९७ प्रतिशतले बढेको छ।
शुक्रबारको गिरावटसँगै नेप्से परिसूचक २,६०० विन्दुभन्दा तल झरेको छ। कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि कायम भएको छ।


































