काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ।
आज १ करोड २० लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १३९ वटाको सेयर मूल्य बढेको छ भने १२८ वटा कम्पनीको घटेको छ। त्यस्तै, १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य १०.८१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३५ प्रतिशत, इमर्जिङ नेपालको ७.७१ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको ७.५८ प्रतिशत र हाथवे इन्भेष्टमेन्टको ६.०६ प्रतिशतले बढेको छ।
त्यसैगरि, सिद्वार्थ बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अपी पावरको २२ करोड ८१ लाख, हाथ्वे इन्भेष्टमेन्टको २१ करोड ९६ लाख, घलेम्दी हाइड्रोको १८ करोड ५१ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १४ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
































