National life

आठ दिनपछि सुनचाँदीको दैनिक मूल्य निर्धारण : कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
449Shares
आठ दिनपछि सुनचाँदीको दैनिक मूल्य निर्धारण : कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले निरन्तरको आन्दोलन पश्चात् आज  सुनचाँदीको भाउ तोकेको छ। सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन ।

हिजो सरकार र सुनचाँदी व्यवसायीबिच सहमति भएपछि आन्दोलन स्थगित भएर आजदेखि पसल खुलेका छन् । महासंघले आठ दिनपछि सुनचाँदीको दैनिक मूल्य निर्धारण गरेको हो ।

Royal Enfield
nic asia capital

आज सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ कायम भएको छ ।

यसअघि असार १९ गते सुनको भाउ तोलाको एक लाख ९२ हजार एक सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदी तोलाको दुई हजार एक सय ७० रुपैयाँ कायम भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?