National life

आरएसडिसी लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारणसभा, यस्ता छन् प्रस्ताव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
736Shares
आरएसडिसी लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारणसभा, यस्ता छन् प्रस्ताव
ncell

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बाेलाएकाे छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले १०औँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने निर्णय गरेको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, बोनस सेयर वितरणपश्चात् हुन आउने पुँजीमा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको स्वामित्व ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ मंसिर ७ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त तथा साधारणसभामा सहभागी हुन पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?