National life

आर्थिक मन्दीको असर: पुस मसान्तसम्म ७ अर्ब बढीको बीमा पोलिसी सरेण्डर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ माघ २०८१, शुक्रबार
703Shares
आर्थिक मन्दीको असर: पुस मसान्तसम्म ७ अर्ब बढीको बीमा पोलिसी सरेण्डर
ncell

काठमाडौँ। पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ।

पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूबाट ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन्। बीमा पोलिसी खरिद गर्दै निर्धारित अवधि पूरा नभई छाड्नेको संख्या बढ्दो रहेको छ ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण बिमा गर्ने आम नागरिकलाई आर्थिक संकट पर्दै जाँदा सरेण्डर गरेरै भए पनि खर्च चलाउने सोच विकास भइरहेकाले बिमा सरेण्डर गर्ने क्रम बढेको बिमा क्षेत्रका विज्ञहरूले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आम्दानीले धान्नै नसक्ने गरी बिमा कम्पनीहरूले बिमा गराएको कारण बिमा सरेण्डर गर्नुपर्ने अवस्था आएको आकलन गरिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमार्फत ५४ हजार ४१४ वटा बीमा पोलिसी बापत सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका हुन्।

यस अवधिमा एलआईसी नेपालको सर्वाधिक बीमा पोलिसी सरेण्डर भएको छ।  पुष मसान्तसम्ममा १३ हजार ९६८ वटा बीमा पोलिसी बापत दुई अर्ब ३८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको  तथ्यांकमा उल्लेख छ । त्यस्तै, नेपाल लाइफको यस अवधिसम्मा १२ हजार २४१ वटा बीमा पोलिसी बापत दुई अर्ब दुई करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । त्यस्तै, एशियन लाइफ र नेशनल लाइफको ४६ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको ३८ करोड ९४ लाख रुपैयाँ, हिमालयन लाइफको ३३ करोड ३३ लाख रुपैयाँ र मेट लाइफको १९ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा सानिमा रिलायन्स लाइफको १३ करोड १२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको नौ करोड ८२ लाख रुपैयाँ, आइएमई लाइफको नौ करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफको ११ करोड ५८ लाख रुपैयाँ, र रिलायबल नेपाल लाइफको पाँच करोड ५६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

बिमा प्राधिकरणले बिमा सरेण्डर कम्तिमा तीन वर्षपछि मात्रै गर्न सक्ने व्यवस्था गरेको छ। सुरुमा सरेण्डर गरेर पैसा राम्रो नआउने वा जति ढिलासम्म बिमा पोलिसी जारी राखियो त्यति राम्रो हुन्छ भन्ने बुझाउन नसक्दा पनि अहिले बिमा पोलिसी सरेण्डरको संख्या बढिरहेको हो ।चालु आर्थिक वर्षमा विगतका वर्षहरूमा भन्दा बढी बिमालेख परित्याग हुने अवस्था तथ्यांकले देखाएको छ ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?