National life

आर्थिक संकटमा हेटौँडा सिमेन्ट उद्योगः तीन महिनादेखि उत्पादन बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
506Shares
आर्थिक संकटमा हेटौँडा सिमेन्ट उद्योगः तीन महिनादेखि उत्पादन बन्द
ncell

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ। उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उपकरण मर्मतसम्भार गरी गत मंसिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

''उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन' हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, 'आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ ।''

उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकोले उद्योगमा आर्थिक समस्या बढ्दै गएको उनले बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?